देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित, कंग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिर गयो

देशान्तर

काठमाडौँ –  भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा ८० वर्षका मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् ।

आज बुधवार सार्वजनिक मत परिणामअनुसार खड्केले सात हजार आठ सय ९७ मत र उनका प्रतिस्पर्धी शशि थरुरले एक हजार ७२ मत प्राप्त गरेका भारतीय सञ्चारमाध्यमले जनाएको छ।

अध्यक्षमा निर्वाचित खड्गे ८० वर्षका छन् । थरुरले ट्वीट गरेर हार स्वीकार्दै खड्गेलाई बधाई तथा शुभकामना दिएका छन्।

खड्गेको जितसँगै भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिर गएको छ । तर यो चुनावमा गान्धी परिवारले दलित समुदायका खड्गेलाई नै सघाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कंग्रेसले २२ वर्षपछि चुनाव गरेर नेतृत्व चयन गरेको हो । यसअघि सन् २००० मा भएको चुनावमा सोनिया गान्धीले जितेन्द्र प्रसादलाई हराएर कंग्रेसको नेतृत्व सम्हाएका थिए । भारतीय कांग्रेसको एक सय ३७ वर्षीय इतिहासमा यो छैटौँ चुनाव हो ।