देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाकिस्तानविरुद्ध इंग्ल्यान्डलाई शृंखला

देशान्तर

घरेलु टोली पाकिस्तानविरुद्धको ७ खेलको टी-२० शृंखला भ्रमणकारी टोली इंग्ल्यान्डले ४-३ ले जितेको छ ।आइतबार राति अन्तिम खेल इंग्ल्यान्डले ६७ रनले जित्यो । २ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रनमा समेटियो ।

पाकिस्तानका शान मासुदले ५६ रन तथा खुशदिल शाहले ३७ रन बनाए । इंग्ल्यान्डका क्रिस वोक्सले ३ विकेट लिए । यसअघि टस हालेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाए ।

इंग्ल्यान्डका डेविड मालनले अविजित ७८ रन बनाए । ह्यारी ब्रुकले अविजित ४६ रनको योगदान गरे । पाकिस्तानका  मोहमद हस्नेनले १ विकेट लिए ।