देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘गौरापर्वले प्रदेशवासीबीच सद्भाव र एकता कायम राखोस्’

देशान्तर

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरापर्वले सुदूरपश्चिमवासीबीच सद्भाव र एकता कायम राखोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा गौरापर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै यस पर्वले आपसी समझदारी र बन्धुत्वको भावना जगाई प्रदेशवासीबीच सद्भाव र एकता कायम राखोस् भनी शुभकामना व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री भट्टले परापूर्वकालदेखि मनाउँदै आएको गौरापर्व प्रदेशको वशिष्ठ पहिचानका रूपमा रहेको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व बोकेको पर्व रहेको बताए ।

साथै उनले मौलिक पर्वका रूपमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गौरापर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे।