देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सशस्त्रले समात्यो भन्सार छलीका सामान

देशान्तर

काठमाडौं – कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका ३, जमुनाघारीस्थित सीमा इलाकाबाट आइतबार सशस्त्र प्रहरीले करिब १ लाख ६७ हजार रुपैयाँबराबरको भन्सार छलीको लत्ताकपडा र प्लास्टिकको कुर्सी बरामद गरेको छ ।उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बीओपी देवीस्थानले बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

यसैगरी पर्साको वीरगन्ज महानगरपालिका १४, गण्डक चोकबाट भदौ ३ गते राति सशस्त्र प्रहरीले करिब ५९ लाख ३४ हजार ७ सय ५८ रुपैयाँबराबरको प्रज्ञापनपत्रविनाको विभिन्न सामान बरामद गरेको छ ।

वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको ना.५ख ७८२० नम्बरको ट्रकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले जाँच गर्दा भन्सार छलीको स्टेसनरी सामान, ब्याट्री, औषधि, प्लाइउड, एसिड फेला परेपछि उक्त सामानसहित ट्रक नियन्त्रणमा लिइएको हो । बरामद सामान र ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।