देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गौरीशङ्कर सामुदायिक वनमा मानव कङ्काल भेटियो

देशान्तर

काठमाडौं – भेरीगङ्गा नगरपालिका–१० सुर्खेत साततलेस्थित गौरीशङ्कर सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ ।

बिहीबार दिउँसो उक्त मानव कङ्काल भेटिएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेले उक्त सामुदायिक वनमा च्याउ खोज्न गएका स्थानीयवासीले मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेको बताए । उनका अनुसार खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जनाको टोली त्यहाँ पुगेको थियो ।

“तीन–चार महिनाअघिको देखिने मानव कङ्काल पुरुषको भएको र छरिएको अवस्थामा भेटिएको थियो”, प्रवक्ता पाण्डेले भने, “जनप्रतिनिधिको रोहवरमा घटनास्थलबाट मुचुल्का गरी कङ्काललाई प्रहरीले ल्याएको छ ।” प्रहरीका अनुसार सो घटनाबारे अनुसन्धान भइरहेको छ ।