देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बूढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमाले अगाडि

देशान्तर

काठमाडौं – बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा एमालेका रामबहादुर बानियाँ फराकिलो मतान्तरले अगाडि छन् । उनले मतगणनाको सुरुवातदेखि अग्रता लिँदै आएका छन् ।

यो समाचार तयार पार्दासम्म बानियाँ कांग्रेस उम्मेद्वारभन्दा ११५२ मतान्तरले अघि छन् । ३,९६२ मत गन्दा बानियाँले २,४४३ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले १,२९१ मत ल्याएका छन् ।

यसैबीच, उपमेयरमा एमालेकी मायाकुमारी खड्का अग्रस्थानमा छिन् । उनले २,४१७ मतका साथ अग्रस्थान का यम राखेकी छन् । कांग्रेसकी रीता शाहीले १,३१२ मत ल्याउँदै उनलाई पछ्याइरहेकी छन् ।