देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाजुराको बूढीगंगा नगरपालिकामा मतगणना जारी

देशान्तर

काठमाडौं – बाजुराको बूढीगंगा नगरपालिकामा मतगणना जारी छ । बिहीबार भएको चुनावको मतगणना आजदेखि सुरु भएको हो । यस नगरपालिकामा ९ हजार १ सय २८ ९६६ दशमलव ८३ प्रतिशत० मत खसेको थियो । १३ हजार ६ सय ५९ जना मतदातामध्ये ६६ दशमलव ८३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

गएको वैशाख ३० गते नै यस स्थानीय तहको निर्वाचन भए पनि एक पक्षले बुथ कब्जा गरेपछि विरोध भएको थियो । यस नगरपालिकामा बिहीबार पुनः मतदान भएको हो । हिजो पनि कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि केहीबेर मतदान स्थगित भएको थियो । स्थिति नियन्त्रण लिन प्रहरीले हवाइफायर पनि गरेको थियो ।