देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय खेल आज

देशान्तर

काठमाण्डाै । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ ।

खेल किङ सिटीमा नेपाली समय अनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ ।

नेपाल र क्यानडाबीच हिजो हुने भनिएको पहिलो एकदिवसीय भने वर्षाका कारण रद्द भएको थियो ।

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखला अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले क्यानडाको स्थानीय क्लब ओन्टारियो क्लबसँग दुई वटा अभ्यास खेल खेलेको थियो ।

दुवै खेलमा नेपाल विजयी भएको थियो । क्यानडासँग एकदिवसीय श्रृंखलापछि नेपाली टोली स्कटल्याण्ड जानेछ ।