देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल र क्यानडाबीचको पहिलो एक दिवसीय आज

देशान्तर

काठमाण्डौँ । आईसीसी विश्वकप लिग टूको तयारीमा रहेको नेपालले आज क्यानडासँग एक दिवसीय क्रिकेट खेल्दै छ ।

अमेरिकाबाट सिरिज खेलेर नेपाल आए लगत्तै स्कटल्याण्डमा आयोजना हुन लागेको अर्को एक दिवसीय सिरिजका तयारीका लागि नेपाली टिम अहिले क्यानडामा रहेको छ ।

क्यानडामा नेपाली टिमले स्थानीय क्लब ओन्टारियोविरुद्ध २ वटा अभ्यास खेले खेले पछि आज क्यानडाको राष्ट्रिय टिमसँग पहिलो एक दिवसीय अभ्यास खेल खेल्न लागेको हो ।

क्यानडासँगको भोलि अर्को एक दिवसीय खेलने छ । नेपाल र क्यानडाबीचको पहिलो एक दिवसीय क्रिकेट आज राति पौने १० बजे सुरु हुने छ ।   नेपालविरुद्धको एक दिवसीय क्रिकेटका लागि क्यानडाले सोमबार टिम घोषणा गरिसकेको छ ।

क्यानडासँगको सिरिजपछि नेपाली टोलीले स्कटल्याण्डमा  नामेवियासँग त्रिकोणात्मक एक दिवसीय खेल्ने छ ।