देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओन्टारियोविरुद्ध नेपालको सहज जित

देशान्तर

नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा लगातार जित निकाल्ने क्रममा ओन्टारोयो क्रिकेट क्लबलाई  ५५ रनले पराजित गरेको छ । आइतबार राति क्यानडाको ओन्टारियो क्रिकेट क्लबविरुद्ध नेपालले टी-२० खेल खेलेको हो ।  २१० रनको लक्ष्य पछ्याएको ओन्टारियो १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै  १५४ रनमा समेटियो ।

ओन्टारियोका भरुण सेहदेबले ५० रन बनाए । यस्तै, कप्तान नरेश बुढाऐरले ४१ रनको योगदान गरे ।  नेपालका सोमपाल कामीले २ तथा करण केसी, आदील आलम र किशोर महतोले समान विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २०९ रनको विशाल योगफल बनायो । नेपालका  रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले । आक्रामक ब्याटिङ गरेका रोहितले ३१ बलमा अविजित ७१ रन बनाए ।  दीपेन्द्रले २७ बलमा ५४ रन जोडे ।

यस्तै, पवन सर्राफले ३७,  देव खनालले २०, आदील आलमले १० रन बनाए । ओन्टारियोका रेमण्ड, भरुण सेहदेब र किनान टिन्टोले समान १ विकेट लिए ।

यसअघि पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो ।नेपाल क्यानडाबाटै विश्वकप त्रिकेट लिग टुअन्तर्गतको शृंखलाका लागि स्कटल्यान्ड प्रस्थान गर्नेछ । त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ ।

नेपाल जितसहित विश्वकप त्रिकेट लिग टु अंकतालिकामा स्थान सुधार गर्ने लक्ष्यमा रहेको छ ।