देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर पछिल्लो २४ घण्टामा ५० कोरोना संक्रमित थपिए, १८ जना डिस्चार्ज

देशान्तर

काठमाडौं – देशभर पछिल्लो चौबीस घण्टामा ५० जना कोभिड–१९ संक्रमित थपिएका छन् । १ हजार ४६७ जनामा गरिएको पीसीआर परीक्षणबाट ३५ र १ हजार ३४७ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १५ जना गरी जम्मा ५० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज १८ जना संक्रमणमुक्त भएका छन् । यो सँगै आज सम्म सक्रिय संक्रमितको संख्या २९७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ लाख ८७ हजार ८६ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।