देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१७ जनामा हैजा पुष्टि, स्वास्थ्य मन्त्रालयले भन्यो – सजगता अपनाउनूस

देशान्तर

काठमाडौं – उपत्यका ललितपुर, भक्तपुर र काठमाडौं मा १७ जनामा हैजा देखिएको छ । यसअघि उपत्यकाका विभिन्न ठाउँमा १४ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

काठमाडौंको कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, बागबजार, डिल्लीबजार, बल्खु, घट्टेकुलोलगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार तीनै जिल्लाका अधिकांश ठाउँमा हैजा फैलिएको छ । हैजाको प्रकोप बढ्न सक्ने सम्भावना भएकाले सजगता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।