देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय क्रिकेट टोलीले ओन्टारियोसँग अभ्यास खेल खेल्दै

देशान्तर

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दैछ ।
खेल राति पौने ९ बजे किङ्ग सिटी ओन्टारियोमा सुरु हुनेछ । नेपाली टोली मङ्गलवार क्यानडा गएको हो। त्यहाँ ओन्टारियोसँगको अभ्यास खेल र दुई एक दिवसीय खेलपछि टोली स्कटल्यान्ड जानेछ । क्यानडासँग असार २० र २१ गते एक दिवसीय श्रृङ्खला हुनेछ ।

नेपालले क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि टोलीमा दुई परिवर्तन गरेको छ । बसिर अहमद पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । स्पिन अलराउन्डर पवन सरार्फले पनि टोलीमा पुनरागमन गरेका छन् ।

अमेरिकामा रहेका स्पिनर सागर ढकाल, सुशान भारी र ओपनर सुनिल धमला टोलीमा छैनन् । स्कटल्यान्डमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिदेशीय एक दिवसीय श्रृङ्खला हुनेछ । नेपालले असार २७ र ३२ गते स्कटल्यान्ड तथा असार २९ र साउन एक गते नामिबियासँग खेल्नेछ ।

अङ्क तालिकामा नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेलमा बराबरीसहित १५ अङ्कका साथ पाँचौँ स्थानमा छ । नेपाललाई सिधै विश्व कप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । एक दिवसीय मान्यतालाई निरन्तरता दिन शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।