देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमण गर्ने

देशान्तर

काठमाण्डौ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले आउँदो सेप्टेम्बरमा अस्ट्रेलियाको भ्रमण गर्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल हेरिटेज अस्ट्रेलियाबीचको सम्झौता अनुसार नेपाली टोलीले अस्ट्रेलिया भ्रमण गर्ने भएको हो ।

क्यान र रोयलबीचको सम्झौता अनुसार नेपाली क्रिकेट टोलीलाई हरेक वर्ष १० दिनको अस्ट्रेलिया भ्रमण गराइने उल्लेख छ । नेपाली टोलीको अस्ट्रेलिया भ्रमणको तयारी भइरहेको र नेपाली टोलीले स्थानीय क्लबसँग खेल्ने क्यानले जनाएको छ ।

नेपाली टोली अहिले क्यानडा भ्रमणमा छ । क्यानडामा दुई खेलको एक दिवसीय र एक स्थानीय क्लबसँगको अभ्यास खेलपछि टोली स्कटल्यान्ड जानेछ । स्कटल्यान्डमा नेपालले विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग त्रिदेशीय एक दिवसीय श्रृङ्खला खेल्नेछ ।