देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राप्रपाले निगमसँग माग्यो मूल्यवृद्धिको कारण

देशान्तर

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण मागेको छ ।

नेपाल आयल निगमलाई सोमबार पत्र बुझाउँदै राप्रपाले मूल्यवृद्धिसँग सम्बन्धित सात वटा प्रश्नको जवाफ मागेको छ । राप्रपाले नेपालका अतिविशिष्ट व्यक्तिहरुलाई वार्षिक रुपमा उपलब्ध गराउने इन्धनको परिमाण, आयाल निगमका कर्मचारीले पाउने बोनस के कति हो त्यसको जानकारी दिन भनिएको छ ।
यस्तै पेट्रोल, डिजेल र मट्टितेलको कच्चा पदार्थको मूल्य, त्यसको प्रशोधनमा लाग्ने खर्च, सरकारलाई तिनु पर्ने कर, ढुवानीमा लाग्ने भाडासहितको विवरण माग गरिएको राप्रपाका प्रवक्ता एवम् सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पुर्‍याएको छ ।