देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको भाउ ३ सय रुपैयाँले घट्यो

देशान्तर

काठमाडौँ – हप्ताको पहिलो दिन आज सुनको भाउ तीन सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ तोलामा ९७ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।