देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उर्जा वचत गर्न बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार बन्द

देशान्तर

काठमाडाै‌ – बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ ।प्रधानमन्त्री शेख हसिनाले बेलुका ८ बजेपछि सबै पसल तथा व्यवसायीक प्रतिष्ठानहरू बन्द गर्न आग्रह गरेका छन्। यो नियम देशैभरी लागू गर्न पनि उनले अनुरोध गरे ।

प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री कार्यालयका महानिर्देशक महमद अहसान किब्रीया सिद्धिकीले शुक्रबार सूचना जारी गर्दै ८ बजेसम्म मात्रै बजार खुला गर्न आग्रह गरेका छन्।उर्जा तथा पेट्रोलियम पदार्थको खपत न्यूनिकरण गर्ने उद्देश्यले राती ८ बजेपछि पसल तथा बजार बन्द गर्न आग्रह गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विश्वव्यापी समस्याको रुपमा देखिएकाले पेट्रोलियम पदार्थको बचतका लागि विभिन्न देशमा विभिन्न उपायहरू अपनाउने गरिएको छ ।पेट्रोलियम पदार्थको अभावका कारण मूल्य वृद्धि समेत हुने गरेकाले त्यसको नियन्त्रणका लागि पनि यसको प्रयोग कम गर्नु परेको हो ।