देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा कोरोना संक्रमितको संख्या १२ हजार ५०० नाघ्यो

देशान्तर

काठमाडौं। भारतमा  थप १२ हजार ८४७ जनामा कोरोना  संक्र्रण पुष्टि भएको छ २४ घण्टाको समयाअवधीमा भएको कोरोना संक्रमितकाे यो संख्या तीन महिनापछिको नै धेरै  रहेको छ । भारतमा बुधबार र बिहीबार दुईदिनलगातार कोरोना संक्रमितकाे संख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

यसवर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ संक्रमित थपिएका थिए । गत बिहीबार भारतमा १२ हजार २१३ कोरोना संक्र्रमित भएका थिए । भारतमा हाल कोरोनाका कुल संक्रमितको संख्या चार करोड ३२ लाख ७० हजार ५७७ पुगेको छ।

यसमध्ये ६३ हजार ६३ सक्रिय संक्र्रमित रहेको समाचारमा जनाइएको छ । सक्रिय संक्रमितकाे संख्या कुल ०.१५ प्रतिशत हो। पछिल्लो एक दिनमा सात हजार ९८५ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

यो सँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या चार करोड २६ लाख ८२ हजार ६९७ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६४ प्रतिशत रहेको छ।

कोरोना महामारीबाट  बिहीबार भारतमा १४ जनाको मृत्यु भएको छ। यो सँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ८१७ को मृत्यु भएको समाचारमा जनाइएको छ।

भारतमा  सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ९५ करोड ८४ लाख डोज खोप लगाइएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।