देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

५ दिन ओरालो लागेको शेयर बजार आज बढ्यो, १ अर्ब १८ करोड रुपैयाँको कारोबार

देशान्तर

काठमाडौँ – पछिल्लो समय लगातार घटिरहेको शेयर बजार आज बिहीवार भने सामान्य बढेको छ ।

जेठको २५ गते ६० अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से त्यसपछि कारोबार भएका पाँच दिनसम्म लगातार ओरालो लागेको थियो । नेप्से आज १२ दशमलव ५७ अङ्कले बढेर एक हजार नौ सय ७८ दशमलव ९४ विन्दुमा पुगेको छ ।

आज जीवन बीमा र लगानीबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय २१ वटा कम्पनीको ३५ लाख ९४ कित्ता शेयर एक अर्ब १८ करोड ७१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १३ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज आँधीखोला लघुवित्त, सामुदायिक लघुवित्त र रिभर फिल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै लुम्बिनी जनरल इन्सुरेन्स र राष्ट्र उत्थान लघुवित्तको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।