देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अबदेखि शुक्रवार पनि शेयर कारोबार हुने

देशान्तर

काठमाडौँ – अबदेखि शुक्रवार पनि शेयर कारोबार हुने भएको छ ।

नेपाल स्टक एक्सचेन्जले आज बिहीवार विज्ञप्ति निकालेर शुक्रवार दुई घण्टा शेयर बजारमा कारोबार हुने जानकारी दिएको हो ।

यसअघि शुक्रवार कारोबार बन्द हुँदै आएकोमा अब बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा कारोबार हुने नेप्सेले जनाएको छ ।

सरकारले परीक्षणको रूपमा गएको जेठमा शनिवार र आइतवार सार्वजनिक बिदा दिएपछि शेयर बजार शुक्रवार पनि खुल्न थालेको थियो । तर दुई दिन बिदा खारेज भएसँगै शेयर बजार पनि शुक्रवार बन्द हुने शङ्का गरिएकोमा नेप्सेको सञ्चालक समितिको बैठकले शुक्रवार दुई घण्टा बजार खोल्ने निर्णय गरेको हो ।