देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई ठूला बैंक ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

देशान्तर

काठमाडौं – देशका दुई ठूला बैंक ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डूबीच गाभिने सम्झौता भएको छ ।

दुबै बैंकका तर्फबाट बिहीबार बिहान मर्जरको समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको हो । मर्जर सहमति पत्रमा ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरे ।

नेपाल राष्ट्र बैंकले असारभित्र मर्जरमा जाने बैंक वित्तिय संस्थाहरूलाई सुविधा दिने भएकाले पनि यी दुई बैंकले मर्जर सहमति गरेका हुन । सहमति अनुसार मर्जरपछि बन्ने बैंकको नाममा ग्लोबल आइएमइ बिओके बैंक हुने छ । भने बैंकको प्रमुख कार्यकारीमा ग्लोबल आइएमइका रत्नराज बज्राचार्यले निरन्तरता पाउनु हुने छ ।

यस्तै बिओकेका बर्तमान सीइओ श्रवण मास्के दोस्रो तहमा रहनु हुने छ । मर्जरपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ । पुँजीका हिसाबले मर्जरपछि उक्त बैंक सर्वाधिक ठूलो हुने छ भने पुँजी कोष ५२ अर्ब २९ करोड रुपैयाँको हुने छ । यस्तै बैंकको जगेडा कोष १७ अर्ब ८७ करोड रुपैयाँ पुग्ने छ भने कुल निक्षेप ३ खर्ब ७३ अर्ब रुपैयाँ पुग्ने छ ।

यसअघि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सहमति भएको थियो ।