देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेयर बजारको ओरालो यात्रा उस्तै

देशान्तर

काठमाडौँ – शेयर बजारको ओरालो यात्रा आज बुधवार पनि रोकिएको छैन ।

शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८९ अङ्कले घटेर एक हजार नौ सय ६६ दशमलव ३७ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । बजार राताम्मे हुने क्रम नरोकिएपछि बिक्री गर्नेहरू बढ्दा कारोबार रकम भने केही बढेको छ । दुई सय २९ वटा कम्पनीको ४१ लाख ८२ हजार कित्ता शेयर एक अर्ब ४९ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज बलेफी हाइड्रो र लाइफ इन्सोरेन्स कर्पोरेशनको शेयर सबैभन्दा धेरै आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।