देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पेट्रोलियम पदार्थका लागि छुट्टाछुट्टै मूल्य निर्धारण गर्न समिति गठन : मन्त्री बडू

देशान्तर

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले पेट्रोलियम पदार्थका लागि सर्वसाधारण र व्यवसाय सम्बन्धमा छुट्टाछुट्टै मूल्य निर्धारण गर्न समिति गठन गरेको बताए ।

आज शुक्रवार प्रतिनिधि सभामा प्रस्तुत गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलका क्रममा बोल्दै मन्त्री बडूले समिति गठन गरिएको बताए । उनले आयल निगम समितिका सदस्यको संयोजकत्वमा सरोकारवालासहितको उपसमिति गठन गरिएको संसदमा जानकारी दिए ।

मन्त्री बडूले इन्धनको आपूर्ति विधिलाई चुस्त बनाउन पनि सरकारले गृहकार्य सुरु गरेको बताए । उनले नेपाल आयल निगम खारेज गरेर त्यसको काम निजी क्षेत्रलाई दिने भन्ने कुरा बाहिर हल्ला आए पनि त्यसमा कुनै सत्यता नभएको दाबी गरे ।

मन्त्री बडूले रुस र युक्रेनको युद्धको कारण बाध्यात्मक रूपमा सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपरेको तर्कसमेत गरे ।