देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लगातार पाँचौँ दिन पनि शेयर बजार घट्यो

देशान्तर

काठमाडौँ – लगातार पाँचौँ दिन आज शुक्रवार पनि शेयर बजार ओरालो लागेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ७६ अङ्कले घटेर दुई हजार ७८ दशमलव ७६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेकोमा बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय २६ वटा कम्पनीको ३८ लाख ४८ हजार कित्ता शेयर एक अर्ब ३० करोड ७३ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै नौ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटे पनि उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ