देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

देशान्तर

काठमाडौँ – शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य २५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य १२ सय ९० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ ।

बिहीबार ९७ हजार ६ सय र तेजावी सुनको मूल्य ९७ हजार एक सय थियो ।

यस्तै चाँदी १२ सय ६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।