देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालेन र सुनिताले सपथ खाँदै, आजै पदभार सम्हाल्ने

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको आज सपथग्रहण हुँदैछ ।

दुई दिन लगातार सार्वजनिक बिदा परेकाले निर्वाचन परिणाम आएको तीन दिनपछि अर्थात् आज उनीहरुको सपथग्रहण हुन लागेको हो ।

सपथग्रहणलगत्तै उनीहरुले आजै पदभार सम्हाल्ने छन् ।

मेयर बालेन र उपमेयर सुनितासँगै नवचिर्वाचित काठमाडौंका सबै जनप्रतिनिधिले सपथग्रहणसँगै पदभार सम्हाल्दै छन् ।

उनीहरुको कार्यकाल पाँच वर्षको हुनेछ ।

बालेन स्वतन्त्रबाट काठमाडौंको मेयरमा निर्वाचित भएका हुन् भने सुनिता नेकपा एमालेकी तर्फबाट उपमेयरमा निर्वाचित भएकी हुन् ।