देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं महानगरपालिकाको अन्तिम मत परिणाम आज सार्वजनिक हुँदै

देशान्तर

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावको मतगणना अन्तर्गत अहिले वडा नम्बर १४को मत गन्ने काम भइरहेको छ ।

३२ वडा रहेको काठमाडौंमा ३१ वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र बाँकी १ वडामा पनि गणना अन्तिम चरणमा पुगेकाले आज बेलुकासम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

अहिलेसम्मको मत परिणामअनुसार ३१ वटै वडामा दलका प्रतिनिधिले विजय हासिल गरिसकेका छन् भने उपमेयर र बाँकी दुई वडामा पनि दलका प्रतिनिधि आउने लगभग पक्का छ ।

त्यसैगरी अहिलेसम्मको मत परिणामअनुसार काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डङ्गोलको जित पक्का भइसकेको छ ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एकीकृत समाजवादी (एस)ले काठमाडौं महानगरको वडामा पहिलो जित निकालेको छ ।

महानगरको वडा नम्बर १५ मा एकीकृत समाजवादीका उम्मेदवार ईश्वरमान डंगोल निर्वाचित हुनुभएको हो ।

डंगोल एकीकृत समाजवादीबाट काठमाडौं महानगरका वडामा विजयी हुने एकमात्र उम्मेदवार हुनुहुन्छ ।

निर्वाचित डंगोलले ३ हजार ४७६ मत पाउँदा उहाँका निकटत्म प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जीवन डंगोलले एक हजार ५७२ मत ल्याउनुभयो ।

एमालेबाट उम्मेदवार बनेका पूर्णकाजी डंगोलले एक हजार ३९३ मत प्राप्त गर्नुभयो । ईश्वरमान ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

यस वडामा मेयरतर्फ सबैभन्दा बढी बालेन्द्र साहले दुई हजार १०६ मत पाउँदा एमालेका केशव स्थापितले एक हजार ५६८ मत र कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले एक हजार ५०९ ल्याउनुभयो ।