देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महागढीमाई नगरपालिकामा कांग्रेस विजयी

देशान्तर

बाराको महागढीमाई नगरपालिकामा कांग्रेस विजयी भएकाे छ । मेयरमा कांग्रेसका उपेन्द्रप्रसाद यादव र उपमेयरमा तारादेवी कानु विजयी भएका हुन् ।

यादव ८ हजार ६ सय ७० सहित मेयरमा विजयी हुँदा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबुप्रसाद यादवले ७ हजार ३ सय ७६ मत ल्याए ।

उपमेयरमा निर्वाचित कानुले ७ हजार ९ सय ९७ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार पुष्पान्जली देवीले ७ हजार १० मत ल्याएकी छन् ।