देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेशका १२२ पालिकाको मत परिणाम सार्वजनिक, कांग्रेस ठूलो दल

देशान्तर

वीरगञ्ज । मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये १२२ वटा को मतपरिणाम आइसक्दा नेपाली कांग्रेस पहिलो दल बनेको छ ।

मधेश प्रदेशमा ४२ वटा पालिका प्रमुख र ४४ वटा उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वीरगञ्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिका लगायतका स्थानीय तहको नतिजा आउन बाँकी छ ।

नेकपा एमाले दोस्रो नम्बरमा छ । नेकपा एमालेले २३ पालिका प्रमुख र २३ वटै पालिकामा उपप्रमुख जितेको छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी तेस्रो स्थानमा छ । उसले २० पालिका प्रमुख र २२ वटा पालिकाको उपप्रमुख जितेको छ ।

वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंहले नै शुरुदेखि अग्रता कायम गरेका छन् ।

लोसपाले ९/९ वटा पालिका प्रमुख र उपप्रमुख, माओवादीले ९ पालिका प्रमुख र ८ उप प्रमुख, नेकपा एकीकृत समाजवादीले ४ प्रमुख र ३ उपप्रमुख, सिके राउतको जनमत पार्टीले २ प्रमुख र १ उपप्रमुख, तमलोपा, विवेकशील र स्वतन्त्रले १/१ वटा पालिका प्रमुख/उपप्रमुख जितेका छन् ।

११५६ वडाहरुको मत परिणम आउँदा नेपाली कांग्रेस नै अगाडि छ । कांग्रेसले ३८६, एमालेले २४३, जसपाले २०२, माओवादी केन्द्रले १२९, नेकपा एकीकृत समाजवादीले ७०, लोसपाले ८१, स्वतन्त्र १८, जनमत १३, राप्रपा ६, तमलोपा ३, विवेकशील २, जनमत, सुशासन र लोकतान्त्रिकले १/१ वडा जितेका छन् ।