देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एफए कपकाे उपाधि लिभरपुलकाे पाेल्टामा

देशान्तर

लिभरपुलले एफए कप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो ।

वेम्बली स्टेडियममा खेलको निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा लिभरपुलले बाजी मार्यो ।

पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, थियागो अल्कान्तरा, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्ड, डिएगो जोटा र कोन्स्टानसिनोस सिमिकसले गोल गरे ।

लिभरपुलका साडियो माने पेनाल्टीमा चुके ।

चेल्सीका मार्कुस अलन्सो, जेम्स रिस, रोस बार्क्ली, जोर्हिन्हो र हाकिम जिएच गोल गरे ।

तर, चेल्सीका सेजर एज्पिलिक्वेटा र मासन माउन्ट पेनाल्टीमा गोल गर्न चुके ।