देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवन एक्स्पो सेन्टर, भरतपुरमा बहुप्रतिक्षित कृषिकर्जा मेला जारी

देशान्तर

काठमाडौँ  – चितवन एक्स्पो सेन्टर, भरतपुरमा बहुप्रतिक्षित कृषिकर्जा मेला जारी छ ।

आज आयोजित एक उद्घाटन कार्यक्रममा नबिल बैंकका अध्यक्ष तथा‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशियाप्यासीफीक प्रतिनीधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षितभएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए । मुल्य श्रृंखला बनाउन सके कृषिमा लगानी बढ्ने उनले बताए ।

“नबिल बैंकले दिगो बैंकिङ अगाडी बढाएको छ । त्यसको प्रमुख कार्यक्रम कृषि छ,” उनले भने, “हाम्रो उर्भर जमिनभोलि रहन्छ की रहँदैन, भोलिको दिनमा सन्ततीको भविष्यलाई नविगारी अहिले विकास गर्ने हो । जुनदिगो विकास हो,” उनले कृषि क्षेत्रमा बैंकले लगानी नगरेको भए यति परिवर्तन नहुने दाबी गरे ।

“कृषि क्षेत्रको विकासको लागि बैंकहरुले जति प्रभाव पारेको छ त्यो भन्न सकेको छैनौ । भोलिको दिनमा कृषि क्षेत्रको विकासमा परेको प्रभावभन्न सक्ने गरि अगाडी बढौं ।” उनले भने,“बैंकले निक्षेपकार्ताको पैसा फिर्ता हुने गरी हेरेर लगानीगर्नेहो, कृषिमा लगानी गर्दा निक्षेपकर्ताको पैसा सुरक्षित छ भन्नेगरि मुल्यश्रृंखला निमार्ण गरौं, बैंकले कृषिमा लगानी गर्छन् ।”

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालु चेन’मा नै समस्या रहेको बताए । शाहलेआफ्ने अनुभव सनाउँदै भने, धेरै ठाउँमा जाँदा तपाइहरु किसानलाई कर्जा दिनु हुँदैन, बैंकले कर्जा दिएको भए किन युवा विदेश जानुप¥थ्यो, ।

घरजग्गा र सेयरमाकर्जा दिनुहुन्छ तर किसानलाई पैसा दिनुहुन्नभन्ने गरेको सुनिन्छ, उनले सुनाए । “नबिल बैंकले ‘नबिलदिगो बैंकिङ’ गरेर हाम्रो टिमलाई गाउँमा किसँनसँग पठायौं, गाउँमा खेत त छ तर किसानसाउदी, मलेसीया र जापानमा रहेछन् । जो किसान रहेछन् उनिहरुले पैसा रोपेर केहीहँदैन बीज चाहियो भन्ने रहेछन् ।” बैंकर शाहले भने, “बिजभए पुग्छ भन्दा मल पनि चाहियो, बिज र मल भएपछि हुन्छ भन्दा अब बजार पनिचाहियो भने गुनासो गरे, हाम्रो टिम आएर किसानलाई पैसा मात्रै दिएर नहुने रहेछ बीज, मल, पानि र बजारिकरण पनि चाहिने रहेछ भन्ने गुनासो आयो ।”
उनले बैंकहरु कर्जा दिनतयार भएपनिनिक्षेपकर्ताको पैसा लगानीगर्दा त्यसको सावाँ र थोरै ब्याजफिर्ता हुने सुनिश्चितताखोज्नुपर्ने बताए । “कर्जा दिन बैंक तयार छौं तर, हाम्रो किसानले कर्जा लिएर ब्याजमात्रै हैन तिर्ने मात्रै हैन त्यसबबाट आम्दानी गर्न ‘इको सिस्टम’ बनाउनुपर्छ भनेर बुझ्नुभएको छ,” उनले भने, “नबिल बैंक किसान र कृषिमा लगानीगर्ने भनेर अगाडी बढेका छौं । हामी प्रतिवद्धता जनाउँछौं, तर जबसम्मलगानी गरेको पैसाको साँवा र पैसा फिर्ता आउँछ भनेर देखिदैन लगानी गर्न समस्या हुन्छ।”