देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकम भने ४ अर्ब नाघ्यो

देशान्तर

काठमाडौं – कारोबारको पहिलो दिन ले घटेको छ। आज नेप्से ४१.४१ अंकले ओरालो लागेर २५७२.२६ विन्दुमा अडिएको छ। यसदिन२३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता सेयर ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार साताको अन्तिम दिन बिहीबारको तुलनामा आज कारोबार रकममा वृद्धि भएको छ। बिहीबार २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता सेयर ३ अर्ब २४ करोड ८९ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको थियो।

यसदिन ३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। जीवन विकास लघुवित्तीयको १० प्रतिशत , राष्ट्रिय उत्थान लघुवित्तीयको ९.९९, इमर्जिङ नेपालको ९।९९ प्रतिशतले सूचक बढ्यो। यस्तै सानिमा जनरल इन्स्युरेन्सको ९.६७ र जनरल इन्स्युरेन्सको ९.६५ प्रतिशतले सेयर मूल्य बढेको हो। प्रभु लाइफ इनस्युरेन्सको ८.११ प्रतिशतले मूल्य बढ्यो।

यसदिन कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक ओरालो लागेको छ। अन्य समूहको सर्वाधिक ३.८६ प्रतिशतले सूचक घट्यो। यस्तै, विकास बैंकको ३.१२ प्रतिशतले घट्दा जलविद्युतको २.४८ ,मनु एन्ड प्रोको २।४१, व्यापारको २।२१,होटल एन्ड पर्यटनको २.१२ प्रतिशतले सूचक घट्यो।

यस्तै लगानी समूहको १.५७ र बैंकिङको १.२५ प्रतिशतले सूचक घट्दा लघुवित्तको ०.७८, जीवन विमाको ०.६६, सामूहिक लगानीको ०.८ प्रतिशतले सेयर मूल्य घट्यो।