देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सबैको लघुवित्त र एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

देशान्तर

काठमाडौं । आइतवार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

सबैको लघुवित्त वित्तीय संस्था र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । सबैको लघुवित्तको ६ लाख ३९ हजार ७२७ दशमलव ५० कित्ता र एशियन लाइफ इन्स्योरेन्सको ५२ लाख ९० हजार ७४२ दशमलव ७२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । सबैको लघुवित्तले पुस ३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी एशियन लाइफ इन्स्योरेन्सले माघ २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।