देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आगामी बजेट किसानमैत्री हुने अर्थसचिवको भनाइ

देशान्तर

काठमाडौं। अर्थसचिव मधुकुमार मरासिनीले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन्। चितवनको भरतपुरतमा बुधबारदेखि चलिरहेको कृषि कर्जा मेलामा अर्थसचिवले कृषिमैत्री बजेट आउने प्रतिवद्धता जनाएका हुन् ।

अर्थ मन्त्रालय बजेट तयारीमा जुटेको छ । मन्त्रालयले आगामी आर्थिक वर्षको पहिलो छलफल कृषि क्षेत्रबाट सुरु गरेको छ ।आगामी बजेटको पहिलो प्राथमिकता कृषि हुनेछ। उनले भने।

सरकार कृषिको लागि अनुकुल वातावरण बनाउन तयारीमा रहेको उनको भनाई छ। कृषि प्रधान देश ६१ प्रतिशत कृषक रहेको भन्ने र वर्षमा अर्बौको कृषिजन्य वस्तु आयात हुने गरेको छ। यता युवाहरु भने रोजगारी नपाएको भन्दै विदेश जाने, यो भन्दा दुर्भाग्य के होला ? उनले भने।

सरकार अनुकुल वातावरण तयार गर्ने निकाय हो। निजी क्षेत्र, बैंकसँग कृषकले काम गर्ने हो । यसका लागि अनुकुल नीति बनाउन अर्थमन्त्रालय प्रतिवद्ध रहेको उनको भनाई छ ।

कृषिको मूल्य श्रृंखला जोडेर हाम्रो उत्पादनले उच्च मूल्य पाउने अवस्था रहँदा पनि कृषि क्षेत्र पछाडि परेको छ । हामीले अन्यत्रको बजार नभए पनि मध्यपुर्वको बजार समात्न सक्छौं । उनले कृषिको लागि केही कानुनी सुधार गर्नुपर्ने भए त्यसको लागि सरकार तयार रहेको बताए।

किसानमा वित्तीय साक्षरताको कमी समस्याका रुपमा रहेको उनको भनाइ छ।