देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैंकिङ तरलतासँगै उधारोको समस्या जटील बन्यो

देशान्तर

काठमाडौं। वीरगंज उद्योग वाणिज्य संघले बक्यौताको समस्या बढ्दै गएर व्यवसायनै संचालन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै असुलीका लागि कानुन ल्याउन माग गरेको छ।

संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तरलता अभावपछि उधारोको समस्या बढ्दै जाँदा व्यवसाय नै गर्न नसक्ने अवस्था पुगेकोले उधारो कानुन ल्याउन माग गरेको हो। संघका अध्यक्ष सुवोधकुमार गुप्ताले लामो अवधिको उधारो उद्योग व्यवसायका लागि बाधक रहेको भन्दै तत्कालै कानुन नल्याए ठूलो जोखिम निम्तिने जिकिर गरे।

नेपालमा व्यापार प्रायः उधारोमा चल्ने गरेको छ। पहिला मालवस्तु बिक्री गरेको ३० देखि ४५ दिन भित्रमा पाउने गरको भुक्तानी पछि ९० दिनमा भुक्तानी पाउने चलन प्रारम्भ भयो, उनले भने, हालको अवस्थामा त्यस्तो भुक्तानी ६ महिनामा मात्र पाउने गरेको छ। यसरी उधारोको भुक्तानी ६ महिनासम्म रोकियो भने पूँजीको अभाव हुन्छ। उद्योगी व्यवसायीलाई बैंकबाट अनावश्यक थप ऋण लिनु पर्ने तथा ब्याज दिनु पर्ने वाध्यता छ। यस्तो लामो अवधिको उधारो उद्योग व्यापारको प्रवर्द्धन बाधक रहेको छ।

बैंकले दिएको कर्जाको असुली धित्तो राखेको सम्पति लिलाम विक्रि गरेर पनि बैंकले असुल गर्ने तर उद्योगी व्यवसायीको उधारो असुल गर्न सक्ने कुनै प्रभावकारी नियम नरहेको उनले बताए। हालको अभ्यास अनुसार कर्जा प्रदायक बैंकसमक्ष कर्जाग्राही ग्राहकले आफ्नो लिनु पर्ने बाँकी बक्यौताको विवरण प्रत्येक महिना बुझाएको हुन्छ, उनले भने,सो भुक्तानी अवधि नाघेको बाँकी बक्यौताको बिषयमा बैंकले अभिभावकत्व प्रदान गरेको छैन। बरु कर्जाप्रदायक बैंकले त्यस्ता बाँकी बक्यौतालाई खराब कर्जा मान्दै बाँकी बक्यौतालाई कालोसूचीमा राख्ने अभ्यास सुरु गर्नु पर्दछ।

संघको प्रतिनिधिमण्डले काठमाडौं आएर प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, गभर्नर महाप्रसाद अधिकारी लगायतलाई भेटेर आफ्नो समस्या राखेका थिए।