देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उद्योगमा लोडसेडिङ समाधान गर्न घिसिङलाई अर्थमन्त्री शर्माको निर्देशन

देशान्तर

काठमाडौं । उद्योगमा गरिएको लोडसेडिङ समाधान गर्न अर्थमन्त्री जनार्दन शर्माले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।

व्यवसायीहरुले उद्योग, कलकारखानामा मंगलबारदेखि बिजुली कटौती भएको गुनासो गरेपछि अर्थमन्त्री शर्माले तत्कालै घिसिङलाई फोन गरी उक्त निर्देशन दिएका हुन ।

हाल देखिएको समस्या तत्काल सम्बोधन गरी उद्योग, कलकारखानामा उपलब्ध गराइरहेको बिजुली नियमित गर्न निर्देशन दिए ।

अर्थ मन्त्रालयमा वीरगञ्ज उद्योग बाणिज्य संघका पदाधिकारीहरुले मन्त्री शर्मालाई भेट गरी आफ्ना गुनासो राखेका थिए ।