देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने बीमा समितिको निर्णय, कुन कम्पनीको कति ?

देशान्तर

काठमाडौं । बीमा समितिले जीबन र निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको छ ।

समितिले जीबन बीमा कम्पनीहरूले न्युनतम ५ अर्ब रुपैयाँ र निर्जीबन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्या उनु पर्ने निर्णय गरेको हो ।

बिहीवार बसेको समितिको सञ्चालक समितिले चुक्ता पुँजी बढाउने निर्णय गरेको बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले अभियानलाई बताए ।

जीवन बीमा तर्फ नेपाल लाइफको इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ भएपनि अन्य पुराना र नयाँ खुलेका जीवन बीमा कम्पनीको चुक्ता पूँजी भने २ अर्ब हारहारी मात्रै छ । त्यस्तै नयाँ खुलेका निर्जीबन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ मात्रै रहेको छ ।

यस अघिको जीवन बीमा कम्पनीको चुक्ता पूुँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुर्‍याउनु पर्ने व्यवस्था थियो ।

यो निर्णयपछि कम्पनीहरूले पूँजी बढाउन हकप्रद शेयर जारी गर्ने देखि एफपीओ जारी गर्ने सम्मका निर्णय लिनुपर्ने छ । त्यस्तै क्रस होल्डिङ शेयर स्वामित्व भएका कम्पनीलाई मर्जरको लागि पनि समितिले प्रोत्साहन गरिरहेको छ ।