देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से परिसूचक १६.६९ अंकको गिरावट

देशान्तर

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १६ दशमलव ६९ अंकले घटेको छ । २ हजार ६३० दशमलव ९३ विन्दुबाट शुरु भएको बजार यो दिन शून्य दशमलव ६३ प्रतिशतले घटेर २ हजार ६१३ दशमलव ६३ विन्दुमा झरेर बन्द भएको हो ।

यो दिन कारोबारमा आएका २२४ ओटा धितोपत्रको ४५ हजार ७६ पटकमा ५२ लाख ९८ हजार ५४३ कित्ता शेयरको रू. ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२५ बराबरको खरीदविक्री भएको छ ।

कारोबारमा आएका २२४ ओटा धितोपत्र मध्ये तीन ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत र इमर्जिङ नेपाल लिमिटेडको ९ दशमलव ९९ प्रतिशत र युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य ९ दशलमव ९३ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ८१९, इमर्जिङ्ग नेपालको रू. ७६० र युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य रू. ९९६ कायम भएको छ ।

त्यसैगरी, बिहीवार नेपाल फाइनान्स, सामलिङ्ग पावर, माउन्टेन हाइड्रो नेपाल र मैलुङखोला जलविद्युत् कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।

त्यसैगरी, सर्वाधिक शेयर खरीदविक्री भने जीवन विकास लघुवित्त वित्तीय संस्थाको भएको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ५ हजार १०० मा रू. ३० करोड ६३ लाख ९७ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

कम्पनीको बिहीवार लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले सर्वाधिक शेयर किनबेच भएको हो । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत १२ गतेदेखि बुक क्लोज गर्ने भएकाले बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाय लिन तथा लाभांश पाउनेछन् ।

लघुवित्तले गत आवको मुनाफबाट ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ६८ ४२ प्रतिशत नगद लाभांश(कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २५ गते साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी २ मोरङगमा बिहान १०:३० बजे शुरु गर्ने बताइएको छ ।

त्यसैगरी, दोस्रोमा नेपाल दूरसञ्चार कम्पनीको रू. २३ करोड ५० लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य रू.१ हजार ४६५ कायम भएको छ ।

नेपाल दूरसञ्चार कम्पनीको पनि लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन भएकाले सर्वाधिक शेयर खरीदविक्री भएको हो । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

दूरसञ्चार कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २४ गते त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेल काठमाडौंमा दिनको ११ बजे साधारण सभा बोलाएको जानकारी दिएको छ ।

यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये निर्जीवन बीमा र जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । निर्जीवन बीमा समूहको परिसूचक १ दशमलव शून्य ५ प्रतिशत र जीवन बीमा समूहको परिसूचक २ दशमलव ५४ प्रतिशतले बढेको छ ।

समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको शून्य दशमलव ८२ प्रतिशत, व्यापार समूहको शून्य दशमलव ८३ प्रतिशत, होटल एण्ड टुरिजम समूहको १ दशमलव ३८ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ९८ प्रतिशत, हाइड्रोपावर समूहको १ दशमलव शून्य २ प्रतिशत, वित्त समूहको १ दशमलव ९८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ३४ प्रतिशत, अन्य समूहको १ दशमलव ४१ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ४ प्रतिशत, म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ५५ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ९४ प्रतिशतका दरले घटेको हो ।