देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिद्धार्थ बैंकको प्रदेश १ क्षेत्रीय कार्यालय उद्घाटन

देशान्तर

काठमाडौँ । सिद्घार्थ बैंकले बुधबार विराटनगरमा आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको समुद्घाटन गरेको छ ।

उक्त भवनको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले गरेको हो । उक्त भवनको उद्घाटन समारोहमा उद्योगी, व्यापारी तथा विभिन्न संघसंस्थाका प्रमुख अगुवाको बाक्लो उपस्थिति रहेको थियो ।

विभिन्न वर्गका ग्राहक, व्यापारी तथा उद्योगी माझ उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यालयको निर्माण गरिएको हो ।

अत्याधुनिक प्रविधिमैत्री बैंकिङ्ग मार्फत आम ग्राहकसमक्ष सेवा प्रदान गर्ने उद्देश्यका साथसाथै देशको अर्थतन्त्रलाई समृद्ध एवं सुदृढ बनाउन नव स्थापित बैंकको भवनमार्फत प्रदान गरिने सेवाको अहम भूमिका रहने बैंकले जनाएको छ ।

यसअघि विराटनगरस्थित–७ मेनरोडबाट सेवा प्रदान गर्दै आइरहेको विराटनगर शाखालाई समेत उक्त भवनमा स्थानान्तरण गरिएको छ ।