देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो

देशान्तर

काठमाडौँ – शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले बढेको छ । हिजो सोमवार १८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार ६ सय ५० दशमलव ७० विन्दुमा पुगेको छ ।

आज जलविद्युत् र फाइनान्सबाहेक अरू सबै समूहको शेयर बढेको छ । विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज दुई सय ३५ कम्पनीको ५३ लाख २९ हजार कित्ता शेयर दुई अर्ब ५१ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु इन्सुरेन्स कम्पनीको १५ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

दोहोरो अङ्कले शेयर बढेको दिन इमर्जिङ नेपालको शेयर १० प्रतिशत र राष्ट्रउत्थान लघुवित्तको शेयर ६ प्रतिशतले बढेको छ । एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे तीन प्रतिशतले घटेको छ ।