देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर सम्पन्न

देशान्तर

काठमाडौँ । सेञ्चुरी बैंक पेप्सीकोला शाखाले चैत्र ७ गते एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ। शिविरमा एक सय ८ जना स्थानीय बासिन्दाले सेवा लिएका थिए।

कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउण्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।