देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साल्ट ट्रेडिङको ५५औं वार्षिक साधारण सभा चैत ३० गते हुने

देशान्तर

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५५औं वार्षिक साधारण सभा चैत ३० गते हुने भएको छ । सभा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो । सभाले आव २०७७र७८ को नाफाबाट प्रस्तावित १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आव २०७८र७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । उक्त साधारण सभा र लाभांश वितरण प्रयोजनको चैत १५ गते देखि ३० गते सम्म बुक क्लोज गर्ने जानकारी गराएको छ ।

यस आधारमा चैत १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको नेप्से मार्फत जानकारी गराएको हो ।