देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जाल्पा सामुदायिक लघुवित्तसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

देशान्तर

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको करीब तीन घण्टाको अवधिमा कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये ५ ओटा धितोपत्र मा उच्च खरीद माग रहेको छ ।

इमर्जिङ्ग नेपाल, जाल्पा सामुदायिक लघुवित्त, कुमारी इक्विटी फण्ड, प्रभु सेलेक्ट फण्ड र लक्ष्मी उन्नति कोषको इकाईमा उच्च खरीद माग रहेको हो । यी पाँच धितोपत्रमध्ये सबैभन्दा बढी इमर्जिङ्ग नेपालको ३ लाख ६५ हजार ५२९ कित्ता शेयर खरीद माग रहेको छ ।

त्यसैगरी, जाल्पा सामुदायिक लघुवित्तको ३ लाख ८ हजार २८७ कित्ता, कुमारी इक्विटीको २ लाख ९० हजार ३०० इकाई, प्रभु सेलेक्ट फण्डको २ लाख २६ हजार ४७९ इकाई र लक्ष्मी उन्नति कोषको १ लाख ९८ हजार ७५० इकाई खरीद माग रहेको छ ।

यो समचार तयार पार्दासम्म नेप्से परिसूचक २१ अंक बढेर २६५६ दशमलव ३० विन्दुमा पुगेको छ भने कुल रू। १ अर्ब ५५ करोड बराबरको शेयर खरीदविक्री भएको हो ।