देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टी–ट्वेण्टी एसिया कप क्रिकेट आउँदो अगस्टमा श्रीलंकामा हुने

देशान्तर


काठमाण्डौ । एसियाली क्रिकेट परिषद् एसीसीले आयोजना गर्ने एसिया कप क्रिकेट श्रीलंकामा हुने भएको छ ।

आज बसेको एसीसीको वार्षिक साधारण सभाले एसियाकप टी–ट्वेण्टी क्रिकेट प्रतियोगिता आउँदो अगस्ट २७ देखि सेप्टेम्बर ११ तारिखसम्म श्रीलंकामा गर्ने निर्णय गरेको हो । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले सिधै खेल्न पाउनेछन् भने एउटा देशले छनौट चरण पार गरेर स्थान बनाउनेछ ।

यस्तै बैठकले एसीसीका अध्यक्ष जय साहको कार्यकाल सन् २०२४ सम्मको लागि थप गरेको छ । साह भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका सचिव समेत छन् । साहले एसियाली क्षेत्रको क्रिकेट विकासमा आफ्नो ध्यान केन्द्रीत हुने बताएका छन् ।