देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युएईसँग नेपाल ४८ रनले पराजित

देशान्तर

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टू एकदिवसीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको छ।

नेपालले ३५।‍१ ओभरमा अल आउट हुँदै १२० रन मात्र जोड्न सक्यो। नेपालका लागि रोहित पौडेल बाहेक अन्य ब्याटसम्यानले राम्रो प्रर्दशन गर्न सकेनन्।

रोहित पौडेलले ६० बलमा चार चौका हान्दै ४६ रनको योगदान दिँदा ज्ञानेन्द्र मल्लले २८ रन र कुशल भुर्तेलले ११ रन ल्याए भने अन्य ब्याट्समेनहरूले दोहोरो रन बनाउन सकेनन् ।

युएईले नेपाललाई जितका लागि ४६।३ ओभरमा अल आउट हुँदै १६९ रनको लक्ष्य दिएको छ।

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत बुधबार भएको एकदिवसीय सिरिजमा नेपालले पपुवा न्यूगीनी९पीएनजी०लाई ४ बल बाँकी छदै २ विकेटले हराएको थियो।