देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईसीसी विश्वकप लिग २ मा युएईसंग नेपाल ४८ रनले पराजीत

देशान्तर

काठमाडौं – आईसीसी विश्वकप लिग 2 नेपाल युएईसँग ४८ रनले पराजीत भएको छ । १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १२० रनमै अलआउट भयो ।

दुवई अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले फिल्डिङ गरेको नेपालको बलिङ प्रदर्शन उत्कृष्ट थियो । थोरै लक्ष्यमा पनि नेपाली ब्याटरहरुले संयमित प्रदर्शन गर्न सकेनन् ।

ब्याटिङतर्फ नेपालले ५ ओभरभित्र दुवै ओपनर गुमाइसकेको थियो । युएईका जुनियाद सिद्धकीले पाँचौं ओभरको पहिलो र चौथो बलमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखलाई क्रमसः ११ र ७ रनमा आउट गरेका थिए । चौथो नम्बरमा आएका दीपेन्द्रसिंह ऐरीले पनि ४ रनमा रनआउटको शिकार बने ।

चौथो विकेटका लागि ज्ञानेन्द्र मल्ल र रोहितकुमार पौडेलले ५५ रनको साझेदारी गर्दै पारी उकास्ने प्रयास गरेका थिए । ६२ बल खेलेर १ चौका प्रहार गरेका ज्ञानेन्द्र २८ रनको स्कोरमा आउट हुँदा नेपाल २३ ओभरमा ८२–४ को स्थितिमा पुग्यो ।

अघिल्लो खेलमा पपुवा न्युगिनीविरुद्ध ६० रनको अर्धशतकीय पारी खेलेका रोहित कुमार पौडेलले यूएईविरुद्ध पनि टिमका लागि सर्बाधिक स्कोर गरे । ६० बलमा ४ चौका प्रहार गरेका रोहित करिअरको पाँचौं एकदिवशीय अर्धशतकबाट ४ रनले चुके ।

मध्यक्रममा आरिफ शेख, सोमपाल कामी र कमलसिंह ऐरीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । बलिङतर्फ यूएईका बासिल अहमदले ४ विकेट लिए । उनले ५ ओभरमा १ मेडन राख्दै १५ रनमात्र खर्चिए । जुनियाद सिद्धकीले ३ विकेट लिए ।

यसअघि युएईलाई सस्तैमा समेट्न नेपालका तीव्र बलरद्वय सोमपाल कामी र करण केसीले क्रमसः ४ र ३ विकेट लिएका थिए । सोमपालले शीषक्रमका तीन ब्याटरलाई सुरुवाती १० ओभरभित्रै आउट गरेपछि यूएई सुरुदेखि नै दवावमा थियो ।

सोमपालले चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफशेखबाट क्याच आउच गराए थिए भने ५.१ ओभरमा भृत्य अरविन्दलाई ३ रनको व्यक्तिगत स्कोरमा आसिफबाटै क्याचबउट गराए ।

९.१ ओभरमा सोमपालले तेस्रो विकेट लिने क्रममा अर्का ओपनर मोहम्मद वासिमलाई ज्ञानेन्द्र मल्लबाट क्याचआउट गराए । वासिम २१ रन बनाएर आउट भए ।