देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालद्वारा यूएई १ सय ६८ रनमा अलआउट

देशान्तर

काठमाडौँ — नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा यूएईविरूद्धको खेल जित्न १ सय ६९ रनको लक्ष्य पाएको छ । दुबई अन्तर्राष्ट्रिय रंगशालामा शुक्रबार टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४६।३ ओभरमा १ सय ६८ रनमै अलआउट भयो ।

तीव्र बलरद्वय सोमपाल कामी र करण केसीले सुरुआत देखि बनाएको दबाबमा नेपालले यूएईलाई सानो स्कोरमा रोक्न सफल भएको हो । चौथो ओभरमा सोमपालले बाउन्सर बलमा चिराग सुरीलाई आउट गरी नेपाललाई सफलता दिलाउन सुरु गरेका थिए ।

सोमपालले आफ्नो अर्को ओभरमा वृत्य अरभिन्दलाई विकेटकिपर आसिफ शेखबाट आउट गरी नेपाललाई ठुलो सफलता दिलाए । सुरीले ६ र अरभिन्दले ३ रनमात्र बनाउन सके । १० औं ओभरमा सोमपालले ओपनर मोहम्मद वासिमलाई २१ र ११ औं ओभरमा करणले आसिफ खानलाई २ रनमा आउट गरेपछि यूएई ३५–४ को स्थितिमा पुगेको थियो ।