देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युएईविरुद्ध सोमपालको तेस्रो विकेट

देशान्तर

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत एक दिवसीय सिरिजमा युएईसँग टस हारेर बलिङमा रहेको नेपालका लागि सोमपाल कामीले तेस्रो विकेट लिएका छन् ।

उनले युएईका मुहम्मद वासिमको विकेट लिएका हुन् । ताजा अवस्थामा युएई ९.१ ओभर खेल्दै ३२ रनमा रहेको छ । चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत स्कोरमा बाउन्सर बलमार्फत विकेटकिपर आरिफ शेखको हातबाट क्याच आउच गराएका सोमपालले ५.१ ओभरमा भृत्य अरविन्दलाई ३ रनको व्यक्तिगत स्कोरमा एलबीडब्ल्यू धरापमा पारे ।

युएईका युवा ब्याटर अरविन्दले अघिल्लो महिना आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा नेपाललाई हराउन ४६ रनको शानदार पारी खेलेका थिए । लिग टू मा नेपाललगायत कुल ७ टिम सहभागी छन् ।