देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माइक्रोफाइनान्समा पीएचडी गरेका डा.मान विके सम्मानित

देशान्तर

काठमाडौं । माइक्रोफाइनान्स एसोसिएशन नेपालले नेपाल सरकारका पूर्व सचिव डा.मान विकेलाई सम्मान गरेको छ । लघुवित्त सम्बन्धी विषयमा विद्यावारिधी (पीएचडी) गरेको भन्दै एसोसिएशनले डा. विकेलाई सम्मान गरेको हो ।

शनिवार काठमाडौंमा सम्पन्न एसोसिएशनको दोस्रो वार्षिक साधारण सभाको अवसरमा उनलाई सम्मान गरिएको हो ।

पूर्व अर्थमन्त्री विष्णु पौडेल र एसोसिएशनका अध्यक्ष जगत पोखरेलले संयुक्त रुपमा उनलाई सम्मान गरेका हुन् ।