देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाकिस्तानमा भूलवस क्षेप्यास्त्र प्रहार भयो : भारत

देशान्तर

काठमाडौँ – भारतले आफ्नो क्षेप्यास्त्र भुलवस पाकिस्तानमा प्रहार भएको जनाएको छ। गत बुधवार भारतबाट प्रहार भएको मिसाइल प्रहार पाकिस्तानमा खसेको थियो।

पाकिस्तानी सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको थियो। सेनाले पत्रकार सम्मेलन गरेर भारतको हरियाणा राज्यको सिरसा शहरनजिकबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँचान्नु शहरनजिकै पाकिस्तानी वायुसेनाले भेट्टाएको जानकारी दिएको थियो।

भारतको रक्षा मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै नियमित मर्मतका क्रममा प्राविधिक त्रुटिले मिसाइल प्रहार भएको स्पष्टीकरण दिएको छ। मन्त्रालयले उक्त मिसाइल प्रहार भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय अदालत गठन गर्न आदेश दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।